PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आन्द्रेज इनेष्टा जापानी क्लब भिसेल कोबमा आबद्ध, अब लुकास पोडोलोस्कीसँगै खेल्ने



पहिलोपोस्ट

आन्द्रेज इनेष्टा जापानी क्लब भिसेल कोबमा आबद्ध, अब लुकास पोडोलोस्कीसँगै खेल्ने

बार्सिलोना छाडेपछि चीन जाने हल्लालाई गलत सावित गर्दै आन्द्रेज इनेष्टा जापानी क्लब भिसेब कोबमा अनुबन्ध भएका छन्।

दुई दशक स्पानिस जायन्ट्मा बितायर यसै साता मात्र नोउक्याम्प छाडेका इनेष्टा जे लिग क्लब कोबसँग ३ मिलियन अमेरिकी डलर अनुबन्ध भएका हुन्। बार्सिलोनाका लेजेण्ड ३४ वर्षीय इनेष्टाले भिसेल कोबमा ८ नम्बरको जर्सी लगाउनेछन्।

क्लबमा आबद्ध भएपछि अब इनेष्टाले जर्मनीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लुकास पोडोलोस्कीसँग खेल्नेछन्। पोडोलोस्की गत सिजनमै जापान पुगेका थिए।

१२ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमी ला मासियाबाट खेल सुरु गरेका इनेष्टाले बार्सिलोनाका लागि ६७४ खेल खेल्दै ३२ उपाधि जितेका थिए। उनले अन्तिम पटक बार्सिलोनाको जर्सीमा गत सिजनको अन्तिम लिग खेल रियल सोसिडाड विरुद्ध खेलेका थिए।

भिसेल कोकसँग अनुबन्ध भएपछि इनेष्टाले आफूलाई विभिन्न स्थानबाट अफर आएपनि जापानिज क्लबले आफूमाथि विश्वास देखाएकाले कोबमा गएको बताए।

अर्को संयोग के पनि छ भने बार्सिलोनाको प्रायोजक राकुटेन भिसेल कोबको पनि प्रायोजक हो भने त्यसका मालिक हिरोसी मिकितानी इनेष्टाका मिल्ने साथी समेत हुन्।

‘मलाई एकदमै धेरै अफर आएको थियो, अन्य क्लबले पनि मलाई चासो देखाएका थिए।’ स्पेनका अन्तर्राष्ट्रिय खेलाडी इनेष्टाले सम्झौतापछि भने, ‘मैले भिसेल कोब रोजे किनकी यो एकदमै रमाइलो प्रोजेक्ट हो।’ उनले भने, ‘त्यहाँ मेरो लागि एक व्यक्ति र खेलाडीको रुपमा विश्वास र आत्मविश्वास देखाएको छ- त्यो नै ठूलो कारण हो।’

यस्तै भिसेल कोबमा मालिक मिकितानीले इनेष्टानले नयाँ जेनेरेसनका खेलाडीहरुलाई सहयोग गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell