PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवाटारमा बस्यो नेकपाको पहिलो केन्द्रीय समिति बैठक, सदस्यले बुझाए नागरिकताको फोटोकपी

बालुवाटारमा बस्यो नेकपाको पहिलो केन्द्रीय समिति बैठक, सदस्यले बुझाए नागरिकताको फोटोकपी


काठमाडौँ : नवगठित नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको छ। 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकतालाई सदृढ बनाउने गरी गतिविधि अघि बढाउन पार्टीका केन्द्रिय सदस्यहरुलाई निर्देशन दिए। 

पार्टी एकतापछि बिहीबार बसेको पहिलो केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय ओली र दाहालले पार्टीलाई विधि र नीतिसम्मत ढंगले अघि बढाउन पनि पार्टीका केन्द्रिय सदस्यहरुलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्तीमा साथ दिन केन्द्रित हुन पनि केन्द्रीय सदस्यहरुको गम्भीर ध्यानाकर्षण गराए। ओली–दाहाल दुवैले भ्रष्टाचार हुन नदिने र गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी समेत दिएको पनि प्रवक्ता श्रेष्ठले बताए।

नवगठित नेपाल कम्युनिष्ट पार्टीमा ४ सय ४१ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ। बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपि बुझाउने काम पनि सम्पन्न गरिएको छ। निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने व्यवस्था छ।


ट्रेन्डिङ पोस्ट

Ncell