PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

'राइट' दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा 'एयरबस' बनेको प्रधानमन्त्री ओलीको दाबी


प्रविण रानाभाट/पहिलोपोस्ट

'राइट' दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा 'एयरबस' बनेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राइट दाजुभाइले जहाज बनाउनु अघि नै नेपालमा 'एयरबस' बनिसकेको दाबी गरेका छन्। आज भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले पुष्पक विमानलाई उदाहरण दिँदै नेपालमा उहिल्यै एयरबस बनेको दाबी गरेका हुन्।

नेपालीहरु पूर्खादेखि नै दुरदृष्टि राख्ने भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'हाम्रा पुर्खा यति भिजिनरी। १९०३ बाट राइट ब्रदरले प्लेन बनाउन शुरु गरे। हाम्रा पुर्खाले काल्पनिक होस् या जे सुकै होस् तर पुष्पक विमानबाट राम र सीताहरुलाई लंकाबाट लिएर अयोध्या फर्केका थिए।'

ओलीले थपे, 'पुष्पक विमानमा चढाएर। फेरि पुल बनाएर अथवा अस्ति नै बनाएको पुलबाट तरेको हैन। पुष्पक विमानबाट फर्केका थिए। कल्पनाकै उडान भए पनि हाम्रा पूर्खाहरुले एकजना यसो चढेर पखेटा लगाएर चरा झैं उड्ने कल्पना गरेको होइन। पुष्पक विमानमा पल्टनै चढेर आउने एयरबस नै रहेछ। राम लक्ष्मण सीता सुग्रीव हनुमान उहाँहरुसँग लड्न गएका पल्टन सारा सबै आए।'

नेपालको शिक्षा क्षेत्रमा संगीत सिर्जनादेखि नक्षत्र पत्ता लगाउनसमेत अगाडि रहेको ओलीले बताए। प्रधानमन्त्रीले नौ ग्रह नै नेपाली ज्योतिषले पत्ता लगाएपछि मात्र वैज्ञानिकले पुष्टि गरेको दावी पनि गरे। 


'राइट' दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा 'एयरबस' बनेको प्रधानमन्त्री ओलीको दाबी को लागी ५ प्रतिक्रिया(हरु)

janak Man Dangol [ 2018-05-26 19:55:05 ]
धर्म नमान्ने कम्युनिस्टको मुखबाट धर्मिक त्यो पनि मिथक कथाको बधाई चढाई किन ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


कबिराज [ 2018-05-26 16:40:57 ]
औषधि सकिएछ कि क्याहो बुढोको

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


कबिराज [ 2018-05-26 16:39:11 ]
औषधि सकिएछ कि क्याहो बुढोको

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Gaurav [ 2018-05-25 10:37:45 ]
यस्तै बकम्फुसे हावादारी नेताले गर्दा आज हामी पछाडी परेका हौं

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mohan devkota [ 2018-05-25 08:31:42 ]
Pm jiu bakbas dehri bakho ho ki ??

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट