PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्कुटरमा रहेका तीनको भक्तपुरमा 'स्पट डेथ' पछि फरार टिपर चालक पक्राउ



रासस

स्कुटरमा रहेका तीनको भक्तपुरमा 'स्पट डेथ' पछि फरार टिपर चालक पक्राउ

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताए।

काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नंको टिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा भक्तपुर लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा १३ वर्षीय अरविन घिमिरे रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell