PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रेलरमा वर्षकै 'भायोलेन्ट चक्कर’



पहिलोपोस्ट

ट्रेलरमा वर्षकै 'भायोलेन्ट चक्कर’

काठमाडौं: फिल्म ‘चक्कर’को रिलिज टार्गेट तय भएको छ। फिल्म साउन चार जुलाई २० बाट प्रदर्शनमा आउने भएको हो। विहीबार कार्यक्रम आयोजना गरी फिल्म युनिटले रिलिज जानकारी र पहिलो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरले क्राइम ड्रामाको कथा थिम बारे केही जानकारी दिन्छ। जसमा विहेइतर, पारा लैङ्गिक सम्बन्धहरुलाई पनि समेटिएको छ। कलाकारहरु सिर्जना सुब्बा, अर्पण थापा, अभोनराज उप्रेती, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेल लगायत फिचर्ड छन्। निर्माण शूरु भएको  डेढ वर्षपछि फिल्मको रिलिज तय भयो। फिल्म बारे कलाकार अर्पण थापा भन्छन्,'यो अन्डर डक फिल्म हो। पैसा नभइ बन्दैन। भएपनि बनाउन गाह्रो हुन्छ। त्‍यसैले पैसाभन्दा बढी समय र क्रियटिभिटी लगानी गरेका हौं।' उनले फिल्ममा भायोलेन्ट पुलिस इन्सपेक्टरको भूमिका निर्वाह गरेका छन्।

फिल्ममा दुईवटा ज्याज गीत समावेश रहने जानकारी पनि दिइयो। त्यस्तै नितेशजंग कुँवरको एक गीत पनि रहनेछ। बन्दैन र नभए पनि बन्दैन। अनुष्का रौनियारको निर्देशन तथा लेखनमा फिल्म बनेको हो। उनका अनुसार मेनस्ट्रिम फिल्मको गीत बन्ने बजेटमा फिल्म तयार भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell