PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'बाबु कान्छा'को पोस्टर सार्वजनिक



पहिलोपोस्ट

'बाबु कान्छा'को पोस्टर सार्वजनिक

काठमाडौं: फिल्म 'बाबु कान्छा'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले असार २९ लाई प्रदर्शन टार्गेट पनि गरेको छ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनका छोरा सलोन बस्नेतको मुख्य अभिनय रहेको छ। फिल्ममा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको मुख्य अभिनय छ।

यसअघि फिल्मको ‘चन्द्रमा झै राम्री’ बोलको गीत सार्वजनिक भैइसकेको छ। रबि अधिकारीले कार्यकारी निर्माता रहेको 'बाबु कान्छा'का सह-निर्मातामा सन्तोष राज भण्डारी र सुरज घिमिरे छन्।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायाँकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell