PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भदौ १ लाई सारियो 'ब्ल्याक'



पहिलोपोस्ट

भदौ १ लाई सारियो 'ब्ल्याक'

काठमाडौं : फिल्म 'ब्ल्याक'को प्रदर्शन मिति ३ महिना पर धकेलिएको छ। निर्माण टिमले जेठ ११ मा प्रदर्शन गर्ने भनिएको फिल्म भदौ १ लाई सारेको हो। 

चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडा लगायतले  प्रचार प्रसारमा प्रभाव परेको भन्दै फिल्मको रिलिज टार्गेट सारेको हो। प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ। आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठको प्रमुख भुमिका छ।

मौनता श्रेष्ठको कथामा तयार भएको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, समिर र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स रहेको छ। फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको अभिनय छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell