PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'फिल्म एण्ड मिडिया नलेज' सम्बन्धि सेमिनार हुने



पहिलोपोस्ट

'फिल्म एण्ड मिडिया नलेज' सम्बन्धि सेमिनार हुने

काठमाडौं : कान्तिपुर फिल्म एकेडेमीले काठमाण्डौंमा 'फिल्म एण्ड मिडिया नलेज सेमिनार' आयोजना गर्ने भएको छ। 
चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनको आवश्यकतालाई मध्यनजर गर्दै मुम्बईको फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा  सेमिनार आयोजना हुनेछ।  

सेमिनारका लागि बलिउड फिल्म निर्देशक सुभास घई पनि नेपाल आउने भएका छन्। उनले नै नेपाली मनिषा कोइरालालाई सन् १९९१ मा  'सौदागर'बाट बलिउडमा ईन्ट्री गराएका थिए।

मिडिया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइन विषयमा केन्द्रीत वर्कशपका लागि मुम्बईबाट स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का मेनेजीङ डिरेक्टर राहुल पुरी उपस्थित हुनेछन्। डिरेक्टर तथा संचारकर्मी दिनेश डिसी पनि वर्कशपमा सहभागी हुनेछन्। 

एकेडेमीका सिईओ प्रकाश पुरीले जेठ २० गते काठमाण्डौंको होटल अन्नपुर्णमा कार्यक्रम सञ्चालन हुने जनाए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell