PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा, फाप डु प्लेसिसको शानदार ब्याटिङ



पहिलोपोस्ट

आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा, फाप डु प्लेसिसको शानदार ब्याटिङ

ओपनर फाप डु प्लेसिसिले शानदार ब्याटिङ गर्दै नटआउट ६७ रन बनाएपछि सनराइजर्स हैदरावदलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल-११)को फाइनलमा प्रवेश गरेको छ।

प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले दिएको १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईले खेलेका ९ संस्करणमध्ये फाइनल पुगेको यो सातौँ पटक हो। सन् २००९ र २०१४ मा फाइनल पुग्न असफल भएको चेन्नाई पछिल्लो दुई सिजन प्रतिवन्धमा परेका कारण आइपीएलबाट बाहिर थियो। अहिलेसम्म खेलेका ८ संस्करण मध्ये चेन्नाईले २ पटक उपाधि जितेको छ। 

तेस्रो उपाधिको खोजीमा रहेको चेन्नाईले अब दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ। चेन्नाईसँग हारेपनि हैदरावादले कोलकता र राजस्थानबीचहुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउँनेछ। र त्यसको विजेता फाइनल पुग्नेछ।

लो स्कोरिङ गेममा चेन्नाईले पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेपनि अर्को छेउबाट प्लेसिसिले इनिङ्स सम्हाल्दै चेन्नाईलाई उपाधि नजिक पुरऔयाए। उनले २०औँ ओभरको पहिलो बलमा भुवनेश्वर कुमारलाई छक्का प्रहार गर्दै खेल जिताए।

४२ बल खेलेका प्लेसिसले ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ६७ रन बनाए।

यस्तै सुरेश रैनाले १३ बलमा २२ तथा दिपक चाहरले ६ बलमा १० रनको योगदान गरे। कमियो रोलमा देखा परेका शार्दुल ठाकुरले ५ बल खेल्दै ३ चौकाको मद्दतमा नटबउट १५ रन बनाए।

सुरुमा उत्कृष्ट देखिएको बलिङ खेलको अन्त्यतिर खराब हुँदा हैदरावादले जितनजिक पुगेको खेल गुमायो। हैदरावादका लागि किफायती बलिङ गरेका रासिद खानले ४ ओभरमा १० रन मात्र खर्चर २ विकेट लिए। सन्दीप शर्मा र सिद्दार्थ कौउले पनि समान २ विकेट लिए।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो।
हैदरावादका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका कार्लोस ब्रेथवेइटले २९ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३९ रन बनाए। यस्तै केन विलियमसन र युसुफ पठानले समान २४ रन जोडे।

चेन्नाईका ड्वाने ब्राभोले ४ ओभरमा २५ रन खर्चर २ विकेट लिए। किफायती बलिङ गरेका रविन्द्र जडेजाले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell