PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भलिबल दिवस मनाईयो



पहिलोपोस्ट

भलिबल दिवस मनाईयो

काठमाडौं : नेपला भलिबल संघ (एनभिए)ले भलिलब दिवस मनाएको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको एक वर्ष पुरा भएको अवसरमा एनभिएले मंगलवार प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको समापनका अवसरमा ‘भलिबल दिवस’ सेलिब्रेसन गरेको हो।

एनभिएले छुट्टै कार्यक्रम आयोजना नगरेपनि भलिबल प्रतियोगिताको आयोजक, र टिमहरुसँग मिलेर भलिबल दिवस मनाएको हो।

नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो ।

एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा, एनभिएका पदाधिकारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, पदाधिकारी लगायत एपीएफ र न्यु डायमन्डका खेलाडीले बेलुन उडाएर भलिबल दिवस सेलेब्रेसन सुरु गरेका हुन्। त्यसपछि भलिबल दिवसलाई भब्य बनाउन एपीएफ र न्यु डायमन्डकाबीच सेलेब्रेसन खेल पनि सम्पन्न भयो।

उक्त मैत्रिपूर्ण खेल एपीएफले २–० ले जित्यो। एपीएफले न्युडायमण्डलाई २५–२२,२५–१९ ले हरायो।

एपीएफले १० तथा न्यू डायमण्डले ७ हजार प्राप्त गर्‍यो। एपीएफलाई दर्शन ट्रान्सपोर्टका संचालक अरुण श्रेष्ठले संस्थाको तर्फबाट नगद १० हजारले पुरस्कृत गरे भने न्यू डायमण्डलाई नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीले प्रायोजन गरेको नगद ७ हजार प्रदान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell