PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनसंख्याको आधारमा प्रदेशमा बजेट दिन राजपाको माग



बीपी साह

जनसंख्याको आधारमा प्रदेशमा बजेट दिन राजपाको माग

काठमाडौं : सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनसंख्याको आधारमा प्रदेशमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ।

मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। छलफलमा अध्यक्ष मण्डलका सदस्यहरुले जनसंख्याका आधारमा प्रदेशमा बजेट विनियोजन हुनुपर्ने कुरा संसदमा उठाउने निष्कर्ष निकालेका थिए।

‘हाम्रो लागि नीति तथा कार्यक्रम खासै उपलब्धीमूलक छैन। अब बजेट विनियोजनको कुरा छ। त्यसमा चाहिँ जनसंख्याको आधारमा हुनुपर्छ भन्ने हाम्रो माग हो,’ राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले पहिलोपोस्टलाई भने, ‘टाउका टाउकाको क्षेत्र वा जिल्लामा बजेट जानभन्दा पनि जनसंख्याको आधारमा बजेट जानुपर्छ।’

आज बसेको अध्यक्ष मण्डलको बैठकले १४ गते पुनः अध्यक्ष मण्डलको बैठक र २५ गते राजनीतिक समितिको बैठक गर्ने निर्णय गरेको छ। 

राजनीतिक समितिको बैठकपछि राजपाको संसदीय दलको चुनाव र पार्टी महाधिवेशनको तयारी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell