PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'जय शम्भु'को फस्टलुकमा प्रशान्त, अनुप र वर्षा



पहिलोपोस्ट

'जय शम्भु'को फस्टलुकमा प्रशान्त, अनुप र वर्षा

काठमाडौं : फिल्म 'जय शम्भु'को फस्टलुक सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार सामाग्रीको रुपमा फिल्मका दई पोस्टर सार्वजनिक गरेका हुन्।

 पोस्टरमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटी फिचर्ड छन्। एक्सन लभस्टोरीमा आधारित फिल्म भाद्र १ देखि  प्रदर्शनमा आउनेछ।रुपेश तामाङको निर्देशन बन्ने फिल्मलाई अरविन्द्रमान शाक्यले निर्माण गरेको हो।

फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ।  फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell