PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जापानमा कराते प्रतियोगितामा पदक जितेकी एस्टर राई सम्मानित



पहिलोपोस्ट

जापानमा कराते प्रतियोगितामा पदक जितेकी एस्टर राई सम्मानित

काठमाडौं : जापानको ओकिनवामा भएको १७औँ जुनियर क्याडेट तथा यू-२१ कराते प्रतियोगिताअन्तर्गत यू-२१ मा कास्य पदक जितेकी कराते खेलाडी एस्टर राई सम्मानित भएकी छिन्। पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई मंगलवार सम्मान गरेको हो।

पदक जित्दै नेपालको प्रतिष्ठा राख्न सफल भएको भन्दै राईलाई नेपाल कराते महासंघका अध्यक्ष लाखेले महासंघले घोषणा गरिअनुसार नगद २५ हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन्।

एस्टरले महिला ६१ केजी तौल समूहमा कास्य पदक जितेकी हुन्। उक्त प्रतियोगिताको दौरान प्रशिक्षक तथा निर्णायक विसन मोते र बलराम मित्रले कुमुतेतर्फ 'ए' रेफ्रि लाईसेन्स प्राप्त गरेका थिए। यस्तै मदन कुमार उप्रेती, कुशल श्रेष्ठ, दीपक श्रेष्ठ र राकेश श्रेष्ठले प्रशिक्षकको परिक्षा उत्तिर्ण गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लाखेले कराते खेलको विकास र विस्तार गर्न करातेको विवादलाई हटाई सबै करातेकर्मीहरु एकजुट भएर निर्वाचनमार्फत समाधान गर्नु पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell