PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारको नीति तथा कार्यक्रमप्रति उपेन्द्र यादवको असन्तुष्टि: 'सहयोगी दललाई वास्तै गरेनन्'



पासाङ ठकुल्ला

सरकारको नीति तथा कार्यक्रमप्रति उपेन्द्र यादवको असन्तुष्टि: 'सहयोगी दललाई वास्तै गरेनन्'

धनगढीः सरकारले मुलुकको नीति तथा कार्यक्रम निर्माण गर्दा सहयोगी दललाई नसमेटेकोप्रति संघिय समाजवादी फोरमले असन्तुष्टी व्यक्त गरेको छ। 

संघिय प्रेस फोरम नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी व्यक्त गरेका हुन्। 

'केन्द्रीय सरकारमा हामी सहभागी नभएपनि समर्थन गरेका छौँ। विश्वासको मत दिएका छौँ। र, सरकारलाई सहज हुने गरी सहयोग गरिरहेका छौँ,’ अध्यक्ष यादवले भने, ‘सरकारले मुलुकको नीति निर्माण गर्दा सहयोगी दलहरूको आवश्यकता नै नभएको जस्तो गरेर सोमबार नीति तथा कार्यक्रम ल्याएको छ। तथापि ल्याउनु भयो। राम्रो छ। तर सहयोगी दलहरूको आवश्यकता महसुस गर्नु पर्छ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यान्त महत्वकांक्षी रहेको टिप्पणी उनले गरे। यादवले भने, ‘सरकारले अत्यान्त महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ। त्यसको कार्यान्वयन गर्न सक्नु पर्छ। प्रचारका लागि ल्याएको हो भने जनताको विश्वास टुट्छ।’
 
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे संघीय समाजवादी पार्टीले आफ्नो दृष्टिकोण समेत राख्ने उनले बताए। त्यसको लागि अहिले सरकारका नीति तथा कार्यक्रमको अध्ययन भइरहेको उनले बताए। 

मुलुकको विकास र समृद्धिको लागि सरकारले शिक्षा र कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने अवधारणा संघीय समाजवादी पार्टीको रहेको छ। अध्यक्ष यादवले सरकारले अफनो लगानीको प्रत्यक्ष रूपमा निगरानी बढाउन समेत आवश्यक रहेको बताए। 

‘सरकारले लगानी गर्यो त्यसपछि स्कुलको अत्तो पत्तो छैन। त्यस्तो गुणस्तर हीन शिक्षामा परिवर्तन गर्नु पर्छ, उनले भने, ‘सबै नेपाली नगरीकलाई एकै प्रकारको शिक्षा दिनु पर्छ। गुणस्तरिय शिक्षामा जोड दिनु पर्छ।’

‘अहिलेको कृषि प्रणालीले मुलुकलाई धान्न सक्ने अवस्था छैन। भुउपयोग नीति ल्याएर कृषि आधुनिकिकरण गरी औद्योगिकिकरण गर्नु पर्छ। जसले गर्दा गरिबी समस्यामा समाधान हुन्छ,’ उनले भने। 

यस अघिका सरकारको गलत नीतिका कारण सरकारे महत्वपूण उद्योगहरू बन्द गराएको आरोप अध्यक्ष यादवको रहेको छ। उनले भने, ‘जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखाना र हेटौडा कपडा कारखाना बन्द अवस्थामा छन्। अत्यधिक मुनाफामा रहेर राजस्व तिरिरहेका कारखाना बन्द भए। किन भने सरकारको उदार नीतिका कारण। गलत नीतिका कारण।’

सरकारले बन्द अवस्थामा रहेका उद्योगहरू पुन सञ्चालन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, जलश्रोतको उपयोग र पर्यटनलाई अगाडि बढाउने सके नेपाल संसारको विकसित राष्ट्रमा पुग्ने दाबी उनले गरे। 

यी कुराहरू गर्न सकेको खण्डमा नेपालीले रोजगारीका लागि खाडी मुलुकमा जानुको साटो आवश्यकता अनुसार उताबाट कामदार बोलाउनु पर्ने अवस्था आउने दाबी गरे।

देश संघीयतामा गएपति पनि प्रदेश सरकारलाई अत्यन्त कम्जोर बनाएको उनको भनाई रहेको छ। संविधान संशोधन गरेर प्रदेश सरकारलाई अधिकार दिनु पर्नेमा उनले जोड दिएका छन्। अध्यक्ष यादवले स्थानीय निकाय र सुरक्षा निकायलाई पनि प्रदेश सरकारको मात हातमा ल्याउनु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell