PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म त भरियामात्र हुँ, मभन्दा माथि अरु पनि छन् : गोरे



सविन ढकाल

म त भरियामात्र हुँ, मभन्दा माथि अरु पनि छन् : गोरे

काठमाडौं: ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे मंगलवार पक्राउ परेका छन्। सरकारले गठन गरेको विषेश छानबिन समितिको भनाइमा विश्वास गर्ने हो भने गोरे काठमाडौंबाट पक्राउ परेका हुन्।

मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरराज पौडेलले जानकारी दिए।

समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेका छन्। तर गोरेले आफुलाई सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट भएको मात्र खुलाएका छन्। 

समितिका एक सदस्यले पहिलोपोस्टसँग भने, 'गोरेले आफुलाई भरिया मात्र भनिरहेका छन्। सुन ल्याएर सम्वन्धित निकायमा पुर्‍याएपछि केही कमिसन खाने गरेको उनले हामीसँग बताएका थिए।'

गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन्। उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन्। ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए। गोरेले सुन तस्करीमा अरु प्रहरी र व्यापारीहरुको नाम समेत खुलाएको स्रोतले जानकारी दिएको छ। 

सन्की स्वभावका गोरेले बयानमा कहिले काही बतासे कुरा समेत गर्ने गरेको एक सदस्यले बताए। उनले सन्दर्भ बदल्न नचाहिदा कुरा समेत गर्थे। बयानमा नै उनले देशमा सुशील कोइराला पनि प्रधानमन्त्री भएका थिए होइन भन्दै समितिलाई प्रश्न गरेका थिए।

दुवई हुँदै तस्करी गरेर ल्याएको सुन नेपाल तथा धेरै जसो भारतमा लगेर बेच्ने गरेको उनले बयानमा बताएका छन्। छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्धा चलाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell