PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोरेलाई मोरङ जिल्ला अदालत लैजाँदै



गोरेलाई मोरङ जिल्ला अदालत लैजाँदै

काठमाडौं: सुन प्रकरण र हत्यामा जोडिएका मुख्य अभियुक्त चुडामणी उप्रेतीलाई आज नै जिल्ला अदालत मोरङमा उपस्थित गराउने भएको छ। 
मंगलवार दिउँसो सरकारले गठन गरेको विषेश छानविन समितिले पक्राउ गरेको ‘गोर’लाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो।

पत्रकार सम्मेलनपछि गोरेलाई मोरङ लगिन लागेको समितिका सयोजक इश्वरीराज पौडेलले बताए। उनले भने 'अनुसन्धानको थप समय अझै बाँकी छ। गोरेबाट थप पाटाहरु पनि खुल्दै जाने छ।'

गोरे काठमाडौंमा नै रहेको सूचनापछि गरिएको तीन दिनको प्रयासले गोरेलाई काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको सहसचिव पौडेलले बताए।  
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell