PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सगरमाथा आरोहण गरी फर्कने क्रममा एक शेर्पाको मृत्यु



सगरमाथा आरोहण गरी फर्कने क्रममा एक शेर्पाको मृत्यु

काठमाडौँ : सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ।
 
खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुम्बु आइसफलमा लडेर घाइते भएकी शेर्पा लार्इ तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको थियो।  उपचारकै क्रममा मृत्यु भएको थियो।
 
शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएकी थिइन। यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भइसकेको छ। शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा पुगीसकेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell