PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल: पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै



पहिलोपोस्ट

आइपीएल: पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै

इन्डियन प्रिमियर लिग आइपीएल को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्।

प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्।

लिग चरणमा १४ खेलबाट समान १८ अंक जोडेको यी दुई टोलीलाई रनरेटले मात्र पहिलो र दोस्रो बनाएको हो।

खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अर्को मौका पाउँनेछ।

तत्कालीन डेक्कन चार्जर्स 'डिफङ्ट' भएपछि सन् २०१३ बाट आइपीएल खेल्न सुरु गरेको हैदरावाद टोली सन् २०१६ को च्याम्पियन टोली हो।

यस्तै अहिलेसम्म खेलेका सबै आइपीएलको प्लेअफ चरणमा पुग्ने एक मात्र टोली चेन्नाई सन् २०१० र ११ मा लगातार च्याम्पियन बनेको थियो।

पछिल्लो समय प्रतिवन्धका कारण २०१६ र १७ को आइपीएल नखेलेको चेन्नाई पुनरागमनमै प्लेअफ पुगेको हो। अब उसको नजर सिधै फाइनल पुग्ने र सातौँ पटक फाइनल खेल्ने रहेको छ।

यस्तै हैदरावाद पनि दोस्रोपटक फाइनल पुग्ने दाउमा छ।

यस पटक लिग चरणमा चेन्नाईले पुनेमा हैदरावादलाई ८ विकेटले हराएको थियो। यस्तै हैदरावादमै भएको दोस्रो खेलमा पनि चेन्नाई ४ रनले विजयी भएको थियो।

लिग चरणमा हैदरावादका लागि कप्तान केन विलियमसनले सर्वाधिक ६६१ रन बनाएका छन् भने सिद्दार्थ बौउलले १७ विकेट लिएका छन्। चेन्नाईका लागि अम्बाटे राएडुले सर्वाधिक ५८६ रन बनाएका छन् भने शार्दुल ठाकुरले १४ विकेट लिएका छन्।

हैदरावाद र चेन्नाईबीद्वको खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell