PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

केपीएल : रुपन्देहीको तेस्रो जित, शक्ति गौचनको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

केपीएल : रुपन्देहीको तेस्रो जित, शक्ति गौचनको अलराउण्ड प्रदर्शन

 

  • पूर्णबहादुर खड्का


सुर्खेत : रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ ले लगातार तेस्रो जित हात पारेको छ। प्रतियोगिताको पाँचौ दिन सोमवार भएको खेलमा रुपन्देहीसँगै मध्य-पश्चिम क्रिकेट क्लबले पनि जित हासिल गरेको छ। 

पाँचौ दिनको खेलपछि समूह ए मा रुपन्देही ३ जितको साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ भने समुह बी मा धनगढी क्रिकेट एकेडेमी पनि ३ जितपछि ६ अंकसाथ शीर्ष स्थानमा छ।

शक्ति गौचनको अलराउण्ड प्रदर्शनमा रुपन्देही ११ ले टिकापुर क्रिकेट क्लबलाई ६१ रनले हरायो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो। रुपन्देहीको लागि सौरभ खनालले १५ बल खेल्दै ६ चौकार १ छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए। यस्तै शक्ति गौचनले २६ रन जोडे भने बिक्रम भुसाल १८ तथा कृष्ण कार्की १६ रनमा नटआउट रहे। टिकापुर बलर अमर रावलले सर्वाधिक ३ विकेट लिए।

१६६ रनको लक्ष्य पछ्याएको टिकापुर १८ ओभरमा १०४ रनमै अलआउट भयो। उसका लागि राजन शेरचनले सर्वाधिक २१ रन बनाए। टिकापुरलाई बलआउट गर्न बलिङतर्फ रुपन्देहीका विकाश श्रेष्ठ र शक्ति गौचनले ३-३ तथा कृष्ण कार्कीले २ विकेट लिए। खेलको म्यान अफ द म्याच शक्ति गौचन घोषित भए।

यसैगरी दिनको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्बलले एबीसी क्लबलाई ९ रनले हरायो।

टस जितेर ब्याटिङ गरेको मध्यपश्चीम क्रिकेट क्लबले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाएको थियो। मध्यपश्चिमका लागि ओपनर राजबिर सिंहले नटआउट ६८ रन बनाए। सिंहले ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुबेन्दु पाण्डेले १६ तथा अमर सिंह रौटेलाले १५ रन जोडे। एबीसीकार अरुण ऐरिले २ तथा सुनिल मिश्रा र दिनेश पुनले १-१ विकेट लिए।

१३९ रनको लक्ष्य पछ्याउने क्रममा एबीसीले १५ ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। एबीसीका ओपनर आयुष्मान बमले सर्वाधिक ३२, सागर भण्डारीले २३ तथा रोशन अधिकारीले १६ रन बनाए पनि जितको लागि पर्याप्त भएन। मध्यपश्चिमका अविनाश बोहराले २ तथा भीम  धमला, अमर सिंह रौटेला, दिपेन्द्र रावत र अजय सहानीले समान १ विकेट लिए। ६८ रन बनाएका मध्यपश्चिमका राजविर सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell