PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

३ वर्ष भित्र अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषर निर्माण गर्ने सरकारको लक्ष्य



पहिलोपोस्ट

३ वर्ष भित्र अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषर निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं : केपी ओलीको नेतृत्वमा रहेको सरकारले आगामी ३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गर्ने जनाएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ, '३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गरिनेछ।'

यस्तै राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संघ, प्रदेश र स्थानिय तहमा खेल पूर्वाधार तयार गरिने उल्लेख छ।

यसैगरी प्रदेशस्तरमा आधुनिक सुविधासम्पन्न रंगशाला र स्थानिय तहमा खेलग्राम निर्माण गरिने र नेपाली खेलाडीको क्षमता र खेलको स्तर वृद्धि गर्न आवश्यक भौतिक पूर्वाधार र सुविधाको व्यवस्था गरिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell