PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ईदको बिदा कटौति फिर्ता लिन माग गर्दै मुस्लिम संघले बुझायो ज्ञापनपत्र



ईदको बिदा कटौति फिर्ता लिन माग गर्दै मुस्लिम संघले बुझायो ज्ञापनपत्र

काठमाडौं: नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम स‌ंघले सरकारले कटौति गरेको इदको बिदा फिर्ता लिन माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी लेखिएको उक्त ज्ञापनपत्रमा मुस्लिम समुदायका महान पर्वहरु ईदका बिदाहरुलाई तत्काल सार्वजनिक बिदा घोषणा गर्न माग गरिएको छ।

स‌ंघले सरकारमा एकजना पनि मुस्लिम नअटेकाले यो मुस्लिम विरोधी सरकार भएको आरोपसमेत लगाएको छ। मुस्लिमका मागलाइ स्थापति गराउन आजैबाट सशक्त आन्दोलन सुरु भएकोसमेत संघले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell