PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप फुटबल : स्पेनको टोली घोषणा, अल्भारो मोराटा र हेक्टर बेलारिन परेनन्



पहिलोपोस्ट

विश्वकप फुटबल : स्पेनको टोली घोषणा, अल्भारो मोराटा र हेक्टर बेलारिन परेनन्

अर्को महिना रसियामा हुने विश्वकपका लागि स्पेनको २३ सदस्यी टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक युलेन लोपेटेगीले घोषणा गरेको टोलीमा फरवार्ड अल्भारो मोराटा र डिफेण्डर हेक्टर बेलरिन अटाएनन्। यस्तै सेस फाब्रेगास, मार्कोस अलोन्सो र भिटोलो पनि टिममा परेनन्। फरवार्ड डिएगो कोस्टाले टिममा पुनरागमन गरेका छन्।


स्पानिस टोली

गोलकिपर : केपा अरीजाबालागा, डेविड डे हेअ, पेपे रैना

डिफेण्डर : डानी कार्भाजल, सेवार एजप्लिकुएटा, अल्भारो ओड्रिओजोला, सर्जियो रामोस, जोर्दी अल्वा, जेरार्ड पिके, नाचो, नाचो मोनरेल

मिडफिल्डर : सर्जियो बुस्केट, सउल निगेज, कोके, थियागो अलकान्टारो, आन्द्रेज इनेष्टा, डेभिड शिल्भा, इस्को, मार्को असेन्सिओ, लुकास भजक्वेज

फरवार्ड : इआगो असपास, रोड्रिगो मोरेनो, डिएगो कोस्टा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell