PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यान्सर पिडित बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक थापालाई आर्थिक सहयोग प्रदान



पहिलोपोस्ट

क्यान्सर पिडित बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक थापालाई आर्थिक सहयोग प्रदान

काठमाडौं : नेपाल बक्सिङ संघका फाउण्डर सदस्य समेत रहेका अन्तर्राष्ट्रिय बक्सिङ निर्णायक मञ्जु जंङ्ग थापालाई नेपाल बक्सिङ संघले सहयोग रकम हस्तान्तरण गरेको छ।

सोमवार सातदोबाटोस्थित नेपाल बक्सिङ संघको कार्यलयमा अध्यक्ष राम अवाले, राखेप सदस्य एवंम् संघका उपाध्यक्ष अर्जुनवहादुर केसी,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले क्यान्सर पिडित थापालाई नगद हस्तान्तरण गरेका थियो। 

निर्णायक थापालाई बेलायतमा बसोबास गर्दै आएका पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्सिङ खेलाडी बेलायत चेप्टरका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीको समन्वयमा आलम्पियन बक्सिङ खेलाडी झपट रावल, मेरो हजुर टीम युके, सुरज कार्की, कु्श बस्नेत, जीवन सेन, हरि गुरुङ र राजन खकुरेललगायतले नगद १ लाख ३ हजार ४ सय उपलब्ध गराएको हुन्।

२०२४ सालदेखि नै कमलपोखरी बक्सिङ क्लबमार्फत बक्सिङ खेल्न सुरु गरेका मन्जुजु जंङ्ग थापाले २०३३ सालमा संघका कोषाध्यक्ष हुँदै महासचिव र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। निर्णायक थापा सन १९८२ देखि नेपालको अन्तर्राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै आईरहेका छन्।

थापा विगत दुइ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका छन्। यस अवधिमा उनको लाखौ रुपैयाँ उपचारमा खर्च भईसकेको छ।

नेपाल बक्सिङ संघका पुर्व कोषाध्यक्ष योगेश्वर अमात्यले ५० हजार, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराईले २५ हजार नेपाल बक्सिङ संघका पुर्व अध्यक्ष राजीव श्रेष्ठले १५ हजार, पुर्ब बक्सिङ खेलाडी पुर्णबहादुर लामाले  १० हजार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले ५ हजार उपलब्ध गराई सकेको पिडित थापाले जानकारी गराए।

सो अवसरमा थापाले सम्पुर्ण सहयोगी बक्सिङ खेलाडीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसंघ एवं, बक्सिङप्रेमीहरुलाई धन्यबाद दिँदै आभार प्रकट गरे।

उनले राष्ट्रिय बाणिज्य बैंक ललितपुर शाखाको बचत खाता नम्बर ११२००२४६८११० मा रकम जम्मा गराई सहयोग गरिदिनु हुन अनुरोध समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell