PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नुहाउने क्रममा पोखरीमा डुबेर ४ बालिकाको मृत्यु



चन्द्रकान्त खनाल

रुपन्देही : लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ मा रहेको नैखनीया पोखरीमा नुहाउने क्रममा डुबेर ४ जना बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन। बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि १ किलोमिटर टाढा रहेको प्रहरीको भनाई छ।

लुम्बिनी सांकृतिक नगरपालिका वडा नम्बर ११ का अध्यक्ष अकरामद्दिन खानले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेका थिए।

उक्त पोखरी प्राकृतिक पोखरीको रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell