PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चोरीका गहनासहित जोशी पक्राउ



चोरीका गहनासहित जोशी पक्राउ

धनगढीः चोरीको पैसा र गहनासहित धनगढी उपमहानगरपालिका ७ मनहेराबाट एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नगद १६ हजार र सुनका गहनासहित मनहेराकै २८ वर्षीय श्याम जोशी पक्राउ परेका हुन्। 

जोशीबाट नगदसहित २ वटा सुनका मंगलसुत्र,  १ तिलहरी, १ हार र ४ वटा सुनका झुम्का बरामद गरिएको प्रहरीले जनाएको छ।
 
शनिबार धनगढी उपमहानगरपालिका ८ कान्तिपुर टोलका राजु बमको घरमा नगद र सुनका गहनाहरु चोरी भएको सूचनाका आधारमा जोशीलाई पक्राउ गरिएको हो। 

जोशीविरुद्ध ७ दिनको म्यान थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell