PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समयमा काम नसक्ने ठेकेदारमाथि सरकारको एक्सन, अर्घाखाँचीमा समातिए ठेकेदारका प्रतिनिधि



चन्द्रकान्त खनाल

समयमा काम नसक्ने ठेकेदारमाथि सरकारको एक्सन, अर्घाखाँचीमा समातिए ठेकेदारका प्रतिनिधि
जयबाबाले ठेक्का लिएको सडक

रुपन्देहीः गृहमन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकदारालाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपछि अर्घाखाँची जिल्ला प्रशासनले जयबाबा जेभीका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ।  

पाल्पाको कञ्चनखोलादेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्म करिब १७ किलोमिटर सडकको ह्युमपाइप, मोड सुधार, कच्ची नाला निर्माण र सडक ग्राभेल  गर्ने काम सम्झौता  अनुसार नसकिएको भन्दै ‘जयबाबा जेभी स्वयम्भु काठमाडौँका प्रतिनिधि विवेक पौडेललाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। 

उनले २०७१ पुस २४ गते भ्याटसहित ४ करोड ९३ लाख ९६ हजार ८४८ रुपैयाँमा जयबाबा जेभी स्वयम्भु काठमाडौँसँग सम्झौता भएर काम सम्पन्न गर्नु पर्ने अन्तिम मिति ०७२ माघ १ गते उल्लेख गरिएको भए पनि हालसम्म काम नगरेको भन्दै प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell