PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ला लिगा: इनेष्टाको अन्तिम खेलमा बार्सिलोना विजयी, मेसीले जिते पाँचौँ पटक युरोपियन गोल्डेन बुट

ला लिगा: इनेष्टाको अन्तिम खेलमा बार्सिलोना विजयी, मेसीले जिते पाँचौँ पटक युरोपियन गोल्डेन बुट

पहिलोपोस्ट /पहिलोपोस्ट


स्पानिस ला लिगा अन्तर्गत सिजनको अन्तिम लिग खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० ले पराजित गर्दै कप्तान आन्द्रेज इनेष्टाको बिदाई सुखद् बनाएको छ।

बार्सिलोनाका लागि करियरको अन्तिम खेल खेलेका इनेष्टाले ८० मिनेटसम्म मैदानमा बिताएका थिए। त्यसपछि उनलाई स्टार लियोनल मेसीले रिप्लेस गरे।

यसअघि नै क्लव छाड्ने घोषणा गरिसकेका इनेष्टाको लागि बार्सिलोनाले यसअघि नै नोउक्याम्पमा बिदाई कार्यक्रम समेत गरेको थियो।

सिजनको अन्तिम खेलमा बार्सिलोनालाई जित दिलाउन एक मात्र गोल फिलिप काउटिन्होले गरे।

सिजनको ३८ मध्ये बार्सिलोनाले एक खेलमा मात्र हार बेहोरेको थियो। यसअघि नै ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले ३८ खेलबाट ९३ अंक जोड्यो।

यस्तै बार्सिलोनाका लियोनल मेसीले पाँचौँ पटक युरोपियन गोल्डेन बुटको अवार्ड जितेका छन्। युरोपका उत्कृष्ट ५ लिगमध्ये सर्वाधिक गोल गर्नेलाई दिइने उक्त अवार्डका लागि मेसीले प्रिमियर लिगका मोहमद सलाह र ह्यारी केन सिरी ए का सिरो इम्मोबाइललाई पछि पारे।

मेसीले यस सिजन कूल ३४ गोल गरेका थिए। मेसी युरोपियन गोल्डेन बुट अवार्ड ५ पटक जित्ने पहिलो खेलाडी समेत बनेका छन्। साथै उनले स्पानिस ला लिगामा सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितेका छन्।

 

अन्तिम खेलमा टोरेसको २ गोल

यस्तै फर्नान्डो टोरेसले एट्लेटिको मड्रिडको लागि अन्तिम खेलमा २ गोल गरेका छन्। उनकै दुई गोल मद्दतमा एट्लेटिकोले आइबरसँग २-२ को बराबरी खेल्दै सिजनको अन्त्य गरेको छ। ला लिगामा ३८ खेलबाट ७९ अंक जोडेको एट्लेटिको दोस्रो भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell