PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नाडालले जिते कीर्तिमानी आठौँ इटालियन ओपन टेनिसको उपाधि, सर्वाधिक ट्रफी जित्नेमा चौथो स्थानमा



पहिलोपोस्ट

नाडालले जिते कीर्तिमानी आठौँ इटालियन ओपन टेनिसको उपाधि, सर्वाधिक ट्रफी जित्नेमा चौथो स्थानमा

स्पानिस खेलाडी राफल नाडालले कीर्तिमानी आठौँ पटक इटालिनय ओपन टेनिसको उपाधि जितेका छन्। इटालीको रोममा आइतबार भएको फाइनलमा नाडालले एलेक्जान्डर जेरेवलाई ६-१, १-६, ६-३ ले पराजित गरे।

उक्त जितपछि नाडाल फ्रेन्च ओपन सुरु हुनु अगाडि शीर्ष वरीयतामा समेत फर्केका छन्।

इटालियन ओपनको उपाधि जितेपछि नाडाल ओपन एरामा ७८ ट्रफी जित्दै सर्वाधिक ट्रफी जित्नेमा चौथो स्थानमा उक्लेका छन्। नाडालले भन्दाबढी जित्नेमा जिम्मी कोनोर्स (१०४), रोजर फेडेरर (९७) र इभान लेण्ड्ल (९४) छन्।

पाँचौँ स्थानमा रहेका जोन म्यानोएले ७७ उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell