PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४० वर्षीय जिजि बफोनको युभेन्ट्सबाट सुखद् बिदाइ, थाम्न सकेनन् आँसु

४० वर्षीय जिजि बफोनको युभेन्ट्सबाट सुखद् बिदाइ, थाम्न सकेनन् आँसु

पहिलोपोस्ट /पहिलोपोस्ट


भेट्रान गोलकिपर जियानलुजी बफोनको लागि युभेन्ट्सको अन्तिम खेल सुखद् बनेको छ।

सिरी ए को अन्तिम खेलमा हेलास भेरोनाविरुद्ध ६६औँ मिनेटमा रिप्लेस भएका बफोनले अन्तिम खेलमा गोल बेहोर्नुपरेन भने युभेन्ट्स २-१ ले विजयी भयो। युभेन्ट्सका लागि अन्तिम खेलपछि बफोनले मैदानमै सहकर्मी सबै खेलाडीलाई अंकमाल गरे। तर उनले आँसु थाम्न सकेनन्। विपक्षी खेलाडीले समेत बफोनको सम्मान गर्दै अंकमाल गरे।

बफोनले अन्तिम खेलअघि नै युभेन्ट्स छाड्ने घोषणा गरिसकेका थिए।

अन्तिम खेलमा अन्य खेलाडीले उनको सम्मानमा #un1co पाखुरामा लागएका थिए।

४० वर्षीय बफोनले आफ्नै कप्तानीमा युभेन्ट्सलाई लगातार सात पटक सिरी ए च्याम्पियन बनाए। सन् २००१ मा अर्को इटालियन क्लब पार्माबाट युभेन्ट्स पुगेका बफोनले १७ वर्ष युभेन्ट्समा रहँदा कूल ९ सिरी ए उपाधि जिते।

बफोनले १७ वर्षको उमेरमै सन् १९९५ मा पार्माका लागि खेल्दै सिरी ए मा डेब्यु गरेका थिए। उनको पहिलो खेलमा पार्माले एसी मिलानसँग गोलरहित बराबरी खेलेको थियो।

सन् २०१२ मा तत्कालीन कप्तान एलेसान्द्रो डेल पिएरोले छाडेपछि युभेन्ट्सको कप्तानी सम्हालेका बफोनले त्यसयता हरेक सिरी ए उपाधि जिते। तर सन् २०१४ र २०१७ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेका उनी उपविजेतामै चित्त बुझाउन बाध्य भए। २००३ मा पनि फाइनल पुगेको युभेन्ट्स इटालिनय क्लब एसी मिलानसँग पराजित हुँदै उपविजेता बनेको थियो।

युभेन्ट् छाडेपछि बफोन विभिन्न क्लबाट फरक भूमिकाका लागि आग्रह समेत गरिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell