PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस जिल्ला सभापतिको भेला कहिले? आज मिति तय हुँदै



पहिलोपोस्ट

कांग्रेस जिल्ला सभापतिको भेला कहिले? आज मिति तय हुँदै

काठमाडौँः केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मिति आज तय हुँदैछ। जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भइसकेको छैन। केन्द्रीय समितिले जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो। 

शुक्रबार पदाधिकारीको बैठक बसे पनि मिति तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
पौडेलका अनुसार जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान  आजै तय हुनेछ। 

केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell