PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जर्मन कप : वायर्न म्युनिखलाई हराउँदै इनट्राच फ्रान्कफर्ट च्याम्पियन



पहिलोपोस्ट

जर्मन कप : वायर्न म्युनिखलाई हराउँदै इनट्राच फ्रान्कफर्ट च्याम्पियन

बुण्डेशलिगा च्याम्पियन वायर्न म्युनिखलाई पराजित गर्दै इनट्राच फ्रान्कफर्टले जर्मन कपको उपाधि जितको छ। गएराति भएको फाइनलमा फ्रान्कफर्टले वायर्नलाई ३-१ ले पराजित गरेको हो।

फ्रान्कफर्टको जितमा एन्टे रिवेकले २ तथा मिजात गासिनोभिचले १ गोल गरे। वायर्नका लागि रोवर्ट लेवान्डास्कीले एक गोल फर्काए।

फ्रान्कफर्टलाई च्याम्पियन बनाएका प्रशिक्षक निको कोभाक अर्को सिजन वयर्नको प्रशिक्षण सम्हाल्दैछन्।

यससँगै फ्रान्फर्टले साल्के समान ५ पटक जर्मन कपको उपाधि जितेको छ। वायर्नले सर्वाधिक १८ पटक यस उपाधि जितिसकेको छ। वेडर ब्रेमेनले ६ पटक उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell