PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नयाँ पार्टी नेकपाको संसदीय दलको नेतामा ओली सर्वसम्मत

नयाँ पार्टी नेकपाको संसदीय दलको नेतामा ओली सर्वसम्मत


काठमाडौँ :  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। 

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो। 

यसअघि एमालेको संसदीय दलको नेतामा ओली र माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' थिए। 

नेपाल कम्युनिष्ट पार्टीसित प्रतिनिधि सभामा १७४ सांसद छन्। दुई तिहाईभन्दा यो संख्या १० ले कम छ। 


ट्रेन्डिङ पोस्ट

Ncell