PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८८ किलो सुन प्रकरणमा सर्वोच्च : जिल्ला र पुनारावेदनको फैसला उल्ट्याउँदै दुई अभियुक्तलाई धरौटीमा रिहा



पहिलोपोस्ट

८८ किलो सुन प्रकरणमा सर्वोच्च : जिल्ला र पुनारावेदनको फैसला उल्ट्याउँदै दुई अभियुक्तलाई धरौटीमा रिहा
समातिएको ८८ किलो सुन।

काठमाडौं : ८८ केजी सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका दुई अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारिकमा छोड्न आदेश गरेको छ।
 
न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको सयुक्त इजलासले नन्दकुमार पाण्डुरँग मगर र दिनकर सालुङगखेलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो। जिल्ला र पुनरावेदन आदालतको आदेश उल्ट्याउँदै यस्तो निर्णय गरेको हो।


उनीहरु सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको भन्दै छोड्न आदेश दिएको हो। उनीहरु छ महिनादेखि जेलमा थिए। प्रतिवादी गणेशदत्त बडुसँग उनीहरुको फोन सम्पर्क रहे पनि सुन कारोबारमा संलग्नता नदेखिएको अदालतको आदेशमा उल्लेख छ।

प्रहरीले गत भदैमा गाडी चालक मनोज अधिकारी सहित ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell