PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तपाईँसँग भएको नोट नक्कली त हैन? सावधान !



तपाईँसँग भएको नोट नक्कली त हैन? सावधान !

काठमाडौँ : बजारमा नक्कली नोट गएको हुनसक्ने आशंकामा प्रहरीले सबैलाई सचेत हुन आग्रह गरेको छ। केही समयदेखि केही समूहले नक्कली नोटको कारोबार गरिरहेको खुल्न आएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।

बुधबार मात्रै प्रहरीले २४ वर्षीय महेन्द्र बोगटीलाई काठमाडौको मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाज खाएर रकम तिर्न लाग्दा नक्कली नोटसहित पक्राउ गरेको थियो। बोगटीकै बयानका आधारमा प्रहरीले छापा मापरी फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई नक्कली नोट २ करोड ६० लाखसहित नियन्त्रणमा लिएको थियो।

फिल्म प्रयोजनको लागि नक्कली नोट छपाएको भए पनि बजारमा नक्कली नोट गएको हुन सक्ने आशंकामा सबैलाई सचेत हुन महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले आग्रह गरेका छन्।

एसएसपी पोखरेल भन्छन्,’ठूलो मात्रामा नक्कली नोट बरामद भएको छ। उनीहरुले होटेलको बिल तिर्न तथा अन्य प्रयोजनमा रकम खर्च गरेका छन्। त्यसैले त्यस्ता नोट तपाईंको समक्ष पनि आइपुग्न सक्छ, सजग हुनुहोला।‘

प्रहरीले कुनै पनि नोटमा शंका लागे नजिकको प्रहरीलाई खबर गर्न समेत आह्वान गरेको छ। महानगरीय प्रहरी वृत कालीमाटीको टोलीले दुई महिना अगाडि मात्र बल्खुबाट २१ हजार नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको थियो।
 
हस्पिटलमा बिल तिर्न लाग्दा शंका लागि नियन्त्रणमा लिई चेक गर्दा उनीहरुको साथबाट २१ हजार रुपैयाँ नक्कली नोट फेला गरेको थियो। उनीहरुले नक्कली नोट वीरगञ्जबाट ल्याएको प्रहरी अनुसन्धानमा देखिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell