PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संसदमा प्रचण्डको 'सिट चेन्ज', प्रचण्ड बस्ने कुर्सीमा देव गुरुङ



पहिलोपोस्ट

संसदमा प्रचण्डको 'सिट चेन्ज', प्रचण्ड बस्ने कुर्सीमा देव गुरुङ

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि संसदमा पनि नेताहरुको बस्ने स्थान परिवर्तन हुने निश्चित छ। निर्वाचन आयोगबाट दुई दल जोडिएर एक भएको औपचारिक पत्र नआएका कारण संसद सचिवालयले सिट एरेन्जमेन्ट गरिसकेको छैन। तर, पार्टी एकताको भोलिपल्ट आज बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले सिट चेन्ज गरे।

आज पुष्पकमल दाहाल प्रचण्ड र  माधवकुमार नेपाल पहिलो ‘रो’मा बसे। माओवादी ‘रो’को पहिलो लाइनमा बस्दै आएका प्रचण्ड आज सत्तारुढ दलको ‘रो’मा सिफ्ट भएका हुन्। एकतापछि सिट व्यवस्थापन भइनसकेकाले संसद पुगेका अरु सांसदहरु भने आफ्नै पुरानो सिटमा बसे।
    
सत्तापक्ष बस्ने रोको पहिलो लहरमा प्रचण्ड र उनीसँगै माधवकुमार नेपाल बसे। सुवास नेम्वाङ त्यही ‘रो’को पाँचौ सिटमा बसेका छन्। माधवकुमार नेपाल र सुवास नेम्वाङबीचका दुई सिट आज खाली थिए। पार्टी सचिवालयका सदस्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल र महासचिव विष्णु पौडेल ती सिटमा रहने छन्। 

आजको बैठकमा प्रचण्ड बस्दै आएको सिटमा भने देव गुरुङ बसे। उनी एकतापूर्व माओवादी केन्द्रका प्रमुख सचेतक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell