PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेसले रोस्टम घेर्ने 'धम्की' दिएपछि आज पनि प्रतिनिधिसभा नियमावली कार्यसूचीबाट 'आउट'



पहिलोपोस्ट

कांग्रेसले रोस्टम घेर्ने 'धम्की' दिएपछि आज पनि प्रतिनिधिसभा नियमावली कार्यसूचीबाट 'आउट'

काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले रोष्टम घेर्ने ‘धम्की’ दिएपछि प्रतिनिधिसभा नियमावली मस्यौदा आज पनि कार्यसूचीबाट हटाइएको छ।

सत्ता पक्षले संसदमा मतदान कै प्रक्रियाबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने तयारी गरेको थियो।

आज बसेको परामर्श समितिको बैठकमा मतदानबाटै नियमावली पारित गर्ने कार्यसूचीबारे छलफल भएको हो।

बैठकमा सहभागी एक नेताले पहिलोपोस्टलाई भने, ‘कांग्रेसले मतदानको ठाडो विरोध गर्‍यो। नियमावली मतदानबाट पारित गर्न खोजिए रोस्टम घेर्ने धम्की दिइयो। त्यसपछि कार्यसूचीबाट नियमावलीलाई हटाइएको हो।’

बैठकमा कांग्रेसले नियमावलीमा मतदान भए अन्य विषयहरुमा विपक्षमा उभिने चेतावनीसमेत दिएका थिए।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट जारी पत्र पढ्ने र गृहमन्त्रीले सार्वजनिक सुरक्षा विधेयकको संशोधन पेस गर्नेछन्। यसअघि पनि समितिले मस्यौदालाई संसदमा लैजान गरेको प्रयास कांग्रेसको असहमतिका कारण रोकिँदै आएको छ।

यो पनि पढ्नुहोस् :

संसद्को नियमावली विवादः ‘प्रचण्डलाई गलत बिफ्रिङ, संसद् नै छाड्ने कांग्रेसको चेतावनी’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell