PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्राइडे रिलिज: हैरान र डेडपुल २ पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: हैरान र डेडपुल २ पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'हैरान' रिलिज भएको छ।

कमेडी जेनरमा बनेको सोसल ड्रामालाई विश्वका कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्। फिल्ममा कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ’बले, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी, बुद्धि तामाङ, वसिम राजाको अभिनय रहेको छ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर विष्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ। फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ।

बलिउडतर्फ नयाँ फिल्म रिलिज भएन।

हलिउडका लागि 'डेडपुल २' नेपाल रिलिज भयो। अमेरिकी सुपर हिरो फिल्मको यो दोस्रो संस्करण हो। डेभिड लिच निर्देशित फिल्म फेबियन निस्जा र रोल्फ लिफिल्डले लेखेको कमिकमा आधारित छ। मार्वल स्टुडियोबाट निर्मित डेडपुलमा रायन रिनोल्डस्, जोस ब्रोलिन, मोरना ब्याकरिन, जुलिया डेनिसन लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell