PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गृहमन्त्री थापाको एक्सनः समयमा नै ठेक्का नसक्ने निर्माण व्यवसायी बस्नेत पक्राउ



पहिलोपोस्ट

गृहमन्त्री थापाको एक्सनः समयमा नै ठेक्का नसक्ने निर्माण व्यवसायी बस्नेत पक्राउ

काठमाडौँः प्रहरीले एक जना निर्माण व्यवसायी पक्राउ गरेको छ। ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। 

पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौँडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सिरुवा कन्सट्रक्सन कम्पनीले पाएको थियो।

तोकिएको समयमा काम पूरा नगरेका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। उनले भने, ’जिल्ला प्रशाससन कार्यालयको निर्देशनमा पक्राउ गरेको हौँ।‘

बस्नेतले सडक स्तरउन्नतिको लागि २ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए। पक्राउ परेका  बस्नेतलाई समयमा नै काम सक्ने लिखित कागज गराएर छोड्ने तयारी भइरहेको छ।

गृहमन्त्रालयले बुधवार मात्र समयमै पूर्वाधार निर्माण नगर्ने निर्माण कम्पनीको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरेको थियो। समयमा नै ठेक्का सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell