PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'लुट'का निर्माताको पक्षमा फिल्मकर्मी, नक्कली नोट सुटिङ प्रयोजनका लागि, वाग्लेलाई फँसाइयो : निर्माता संघ



'लुट'का निर्माताको पक्षमा फिल्मकर्मी, नक्कली नोट सुटिङ प्रयोजनका लागि, वाग्लेलाई फँसाइयो : निर्माता संघ

काठमाडौँ : नक्कली नोट कोठामा बरामद भएको र जाली नोट कारोबारमा संलग्न भएको दावी गर्दै चलचित्र निर्माता माधव वाग्लेलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेपछि निर्माता संघ त्यसको विरोधमा उत्रिएको छ। 

चलचित्र निर्माता संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा वाग्लेलाई फँसाइएको बताइएको छ। 

चलचित्र निर्माता संघका प्रथम उपाध्यक्षसमेत रहेका वाग्लेका साथबाट बरामद रकम फिल्म छायाङ्कनका लागि बनाइएको जिकिर विज्ञप्तिमा छ। 
 
हाल छायांकनरत फिल्म  'चङ्गा चेट' को लागि उक्त नक्कली नोट बनाइएको र सुटिङ युनिटका केही श्रमजीवी व्यक्तिबाट क्षणिक स्वार्थका लागि नक्कली नोट प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ। 

नोटमै सिनेमा प्रयोजनका लागि भनी लिखित रुपमा स्पष्ट रुपमा खुलाइएको भन्दै विज्ञप्तिमा उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।

यसैबीच चङ्गा चेट फिल्मका निर्देशक दीपेन्द्र के खनालले पनि वाग्लेको साथबाट बरामद रकम आफ्नै फिल्मको सुटिङका लागि बनाएको भन्दै सत्यतथ्य जानकारी गराउन बिहीबा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। 
 
निर्माता एवम् वितरक समेत रहेका वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले आज ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्। 

उनीहरुले नक्कली नोट होटल/रेस्टुराँको बिल तिर्दा, यौन बजारमा  तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। 

बैँक लुटे पनि प्रहरीले पक्राउ गर्न असफल हुने कथामा रहेको हिट फिल्म 'लुट' का निर्माता वाग्ले नै हुन्। फिल्म वितरक हुँदै फिल्म निर्माण कम्पनी बनाएर निर्माता बनेका उनको फिल्म निर्माणका लागि प्रिन्सेज मुभिज र वितरणका लागि  पपकर्न पिक्चर्स छ। 

आठ वर्षअघि 'फर्स्ट लभ' फिल्मबाट निर्माणमा होमिएका वाग्लेले  छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा  लुट २ फिल्म बनाएका थिए। 

आफूले बनाएका फिल्ममा वाग्ले अतिथि कलाकारका रुपमा समेत देखिँदै आएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell