PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

करोडौंको नक्कली नोटसहित ३ जना पक्राउ



पहिलोपोस्ट

करोडौंको नक्कली नोटसहित ३ जना पक्राउ
फाइल फोटो

काठमाडौं : प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विभिन्न स्थानबाट तीन जनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।

‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ परिसरका एसएसपी विश्वराज पोखरेलले पहिलोपोस्टसँग भने, ‘अहिलेसम्म २ करोड रुपैयाँभन्दा बढी नक्कली नोट भेटिएको छ।’ 

नक्कली २ करोड रुपैयाँभन्दा बढी पक्राउ परेका व्यक्तिबाट जफत गरिएको छ। उनीहरुसँगबाट नेपाली नक्कली रुपैयाँ फेला पारिएको हो। धेरैजसो भारतीय नक्कली नोट समातिने गरेको भए पनि नक्कली नेपाली नोट भने विरलै फेला पर्ने गरेको थियो। 

परिसरले केही समयमा नै पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell