PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पोखरामा पहिलोपटक भेटियो 'कालपेचक'



पोखरामा पहिलोपटक भेटियो 'कालपेचक'
कागबाट जोगाएको कालपेचक देखाउँदै गोविन्दराज पहारी। तस्वीरहरु : कृष्णमणि बराल

  • राजु आचार्य -
पोखरामा नयाँ प्रजातिको लाटोकोसेरो भेटिएको छl घाइते भेटिएको लाटोकोसेरो उद्दारको क्रममा नयाँ  पहिचान भएको संरक्षणकर्मीहरुले बताएका छन्l  

नेपालको तल्लो भूभागतिर भेटिने सो प्रजाति कालपेचक नै भएको चरा संरक्षणकर्मी सोम जिसीले बताएl पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले पनि सो चरा यसअघि पोखरामा अभिलेख नभएको बताएl
 
सन् २०१६ मा क्यारोल इन्स्किप सहितको समूहद्वारा लिखित 'नेपालका चराहरुको अवस्था' र सोम जिसी सहितको समूहद्वारा सन् २०१७ मा लिखित 'नेपालका लाटोकोसेरोहरु' पुस्तकमा समेत सो चराको अभिलेख पोखरामा देखाइएको छैन।
 
मंगलबार बिहानै कागहरुको आक्रमणमा परेपछि पोखरा लेकसाइडटस्थित बटरफ्लाई होटलका संचालक गोविन्दराज पहारीले यसको उद्दार गरेका थिए। उद्दारपछि पुनर्स्थापनाका लागि उनले पोखराका संरक्षणकर्मी  एवम पत्रकार कृष्णमणि बराललाई जानकारी गराएका थिए l बेलुका छोड्ने क्रममा पहिला नभेटिएको जस्तो लागेपछि तस्विर खिचेर प्रजातिको पहिचान गरिएको थियोl उक्त प्रजाति मंगलबारै साँझै सकुशल उडेको छ l पहारीले गत वर्ष पनि हप्सिलो प्रजातिलाई उद्दार गरि सकुशल उडाएका थिएl
 
यो प्रजाति समुन्द्र सतहको  ७५ मिटरदेखी १५०० मिटरसम्म अभिलेख गरिएको छ l नेपालमा यो प्रजाति बारे अध्ययन नभए पनि यिनको संख्या घट्दै गएको अनुमान गरिएको छ l यिनीहरु पानी भएका क्षेत्र तथा बस्ती नजिकका वनहरु मन पराउँछन् l यिनले मुसा, भ्याकुता, लोखर्के, चराहरु, चमेरा, पुतली, गाइनेकिरा आदि खान्छन्l वन विनाश, विषादी, अवैध व्यापार आदि यिनका लागि चुनौति हुन् l 
 

प्राकृतिक बासस्थानमा छोड्नु अघि कालपेचक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell