PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रतिनिधिसभा बस्दैः ‘प्रि–बजेट’ छलफल अन्त्यको तयारी



पहिलोपोस्ट

प्रतिनिधिसभा बस्दैः ‘प्रि–बजेट’ छलफल अन्त्यको तयारी

काठमाडौँः आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल आज पनि हुँदैछ। संघीय संसद् सचिवालयले छलफललाई आज सक्ने तयारी गरेको छ। छलफलको अन्त्यमा विभागीय मन्त्रीले जवाफ दिनेछन्।

बिहान ११ बजेदेखि छलफल सुरु हुनेछ। छलफलमा भाग लिन नाम लेखाउने सांसदमध्ये अझै ३० भन्दा बढीले बोल्न बाँकी रहेको सचिवालयले जनाएको छ। छलफलको क्रम सकिएपछि अर्थमन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफसँगै छलफल सकिनेछ।

वैशाख २६ मा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको सिद्धान्त र प्राथमिकतामा दुई दिन छलफल भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण छलफल दुई दिन स्थगित भएको थियो।

छलफल लम्बिँदा नीति तथा कार्यक्रम पेस गर्ने समयतालिका पनि हेरफेर भएको छ। जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने तयारी भए पनि पहिलो साताभित्र गर्नेगरी सचिवालयले तयारी थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell