काठमाडौँ : अँध्यारो नहुँदै नख्खुबाट बुङमतिको बाटोमा सयौँको मसाल जुलुस जस्तो दृश्य देखिन्थ्यो। मान्छेको हातहातमा छ्वाली (गहुँको पराल) थियो, जलाइएको।
तर यो न मसाल जुलुस थियो, न विरोध प्रदर्शन।
हरेक वर्ष भोटोजात्राको दिन यही दृश्य दोहोरिन्छ। तर धेरैको नजरमा भोटोजात्रा भन्ने बित्तिकै जावलाखेलमा देखाइने भोटोजात्रा मात्र पर्छ।
भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकालिन्छ र खटमा राखी बोकेर बुंगमतिस्थित घर (उनकै मन्दिर) मा फर्काइन्छ।
एक महिनासम्म मन्दिरबाट बाहिर निकाली पाटनका विभिन्न स्थानमा गरिने रथयात्रा सकिएपछि रातो मच्छिन्द्रनाथ (बुंगद्य) लाई घर फर्काउँदाको उत्सवका रुपमा यस्तो गरिन्छ।
यसलाई स्थानीय भाषामा 'सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु' भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ।
खटमा राखिएको रातो मच्छिन्द्रनाथको मूर्ति सँगै अगाडि अगाडि यसरी पराल जलाएर बुंगमतिसम्म लगिन्छ। बाटो छेउमा बस्ने युवायुवती, वृद्धवृद्धाले पनि पराल जलाएर स्वागत गर्छन्।
भोटोजात्रा सकिएपछि बुंगमतिसम्म पुर्याउँदाका ३० फोटो प्रविण रानाभाटको लेन्सबाट हेर्नुस्-