PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सडक, रेलमार्ग र जलमार्गको कुरा गर्ने मोदीले उच्चारण गरेनन् हवाइमार्ग



पहिलोपोस्ट

सडक, रेलमार्ग र जलमार्गको कुरा गर्ने मोदीले उच्चारण गरेनन् हवाइमार्ग

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। अभिनन्दन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतसँग कनेक्टिभिटीको बहुआयामिक क्षेत्रबाट जोड्ने घोषणा गरे। 

उनले यो घोषणा गरिरहँदा उनले हवाई ‘कनेक्टिभिटी’लाई बढाउने कुराको उच्चारण भने गरेनन्। भारतीय प्रधानमन्त्री मोदीले सडकमार्ग, रेलमार्ग, जलमार्गबाट नेपाललाई भारतसँग जोड्ने दिशामा अगाडि बढेको उनले बताए। त्यस्तै उनले नेपाललाई ग्यास पाइपलाइनबाट जोड्ने विषयमा समेत काम अगाडि बढेको बताए। 

ट्रान्मिसन लाइनको विस्तारको योजना समेत अभिनन्दन समारोहमा सुनाए। उनले नेपालमा तीब्र रुपमा जलविद्युतको विकास भइरहेको भन्दै विद्युत व्यापारको लागि ट्रान्समिसन लाइनको विकास र विस्तारमा समेत जोड दिए। 

भारतीय प्रधानमन्त्री मोदीले ‘फाइभ–टी’ नारा समेत दिए। भारतीय प्रधानमन्त्रीले संस्कार, व्यापार, पर्यटन, प्रविधि र यातायातको विकासमा जोड दिँदै उनले यी क्षेत्रमा साझेदारी गरेर अगाडि बढ्ने बताए। 

उनले जनकपुरलाई रामायण सर्किटसँग जोड्ने बताए। त्यस्तै लुम्बिनीलाई बौद्ध सर्किटसँग जोड्ने घोषणा गरे। यी सबै कनेक्टिभिटिको चर्चा गरेका भारतीय प्रधानमन्त्री मोदीले ‘एयर कनेक्टिभिटि’ विषयमा भने उच्चारण समेत गरेनन् भलै उनी दिल्लीबाट सोझै जनकपुर ल्यान्ड गरेका थिए।  

लुम्विनीलाई बौद्ध सर्किटसँग जोड्ने घोषणा गरेका उनले लुम्बिनी नजिक निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा नेपाललाई आवश्यक पर्ने हवाइ रुटको विषयमा कुरा गरेनन्। 

हाल भारत र अन्य देशबाट भारत हुँदै विमानहरु नेपाल प्रवेशका लागि सिमरा क्षेत्रको प्रयोग गर्दै आएका छन्। नेपालमा थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो रुट व्यस्त हुने र अन्य रुटको आवश्यकता पर्छ। 

नेपालले भारतसँग पटक पटक कुटनीतिक तहमा हवाई रुटको विषयमा कुरा गर्दै आएको छ। तर, भारतीय पक्ष भने त्यसमा सकरात्मक छैन। 

प्रधानमन्त्री केपी ओलीको गत महिना भएको भारत भ्रमणका क्रममा समेत यस विषयमा चर्चा हुन सकेन। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमण जानु अगाडि प्रधानमन्त्री ओलीले संसदको बैठकमा हवाई रुटको कुरा उठान गर्ने बताएका थिए। 

यस विषयमा उच्च राजनीतिक स्तरमा चर्चा भने हुन सकेको देखिँदैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell