PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'हावाहुरीको कारण देशभर तीन जनाको मृत्यु'



पहिलोपोस्ट

काठमाडौँः गएरातिको हावाहुरीको कारण देशभर तीन जनाको मृत्यु भएको छ। झापा, उदयपुर र धनुषा जिल्लामा हावाहुरीको कारण दुई महिला र एक पुरुषको मृत्यु भएको हो। 

धनुषाको सिद्धेश्वरनाथ नगरपालिका ५ अर्जनवामा हावाहुरीपछि घर भत्केर ५८ वर्षीय दुसीदास आत्माको मृत्यु भएको हो।  त्यस्तै उदयपुरको कटारी नगरपालिका १ कालीखोलाकी ६५ वर्षीया आइतीमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। हावाहुरीले माझीको घर भत्केको थियो। 

झापाको कचनकवल गाउँपालिका ७ बालुवाडीमा हावाहुरीका कारण बिजुल्लीको तार चुट्टिएर करेन्ट लाग्दा ६१  वर्षीय हर्कमाया लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell