PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीसँग सरकारले माग्यो स्पष्टीकरण



पहिलोपोस्ट

टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीसँग सरकारले माग्यो स्पष्टीकरण

काठमाडौँः सरकारले नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारी गरेको छ। १० दिनअघि प्रधानमन्त्री केपी ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका थिए।
सोमबारको मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गराएर प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। 
 
प्रधानमन्त्री ओलीले ‘फोरजी सेवा’ बिस्तारका विषयलाई लिएर स्पष्टीकरण सोधेका हुन्। स्रोतहरूका अनुसार, फोरजी विस्तारमा अनावश्यक ढिलाइ गरेको तथा अन्य नगरी नहुने काम पनि  अड्को थापेर अगाडि नबढाएको आरोप राजभण्डारीमाथि लगाइएको छ।
 
यसअघि ओलीले दूरसञ्चार सेवा प्रदायकहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई कुनै पनि काम नगर्न रोक लगाएको थियो। स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली राजभण्डारी र झालाई बर्खास्त गरेर नयाँ नियुक्ति गर्ने योजनामा छन्। सोही अनुसार राजभण्डारीलाई स्पष्टीकरण सोधिएको हो भने झालाई काम गर्न रोक लगाइएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell