काठमाडौं: काठमाडौंको ग्रान्डी अस्पतामा 'न्यूजिल्यान्ड-अस्ट्रेलिया-अमेरिका' स्पाइन कन्फ्रेन्स सम्पन्न भएको छ।
‘स्पाइनल डिफर्मिटी एण्ड इम्व्यालेन्स-ग्लोबल ट्रेन्डस्’ विषयक सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।
सम्मेलनमा स्पाइन अर्थात मेरुदण्डसम्बन्धी विभिन्न समस्याहरु तथा रोगहरु र उपचारमा भइरहेको विश्वव्यापी अभ्यासबारे छलफल भएको थियो।
विशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकामा देखिने ढाँडसम्बन्धी समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याबारे सहभागीले आ-आफ्नो अनुभव आदानप्रदान गरेका थिए।
एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेसनल तथा ग्राण्डी अस्पतालको संयुक्त आयोजनामा भएको दुइदिने सम्मेलनको नेतृत्व स्पाइन सर्जन डा. बिनोद बिजुक्छेले गरेका थिए।