PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

६५ वर्षपछि उत्तर कोरियाका नेता दक्षिणमाः ऐतिहासिक शिखर वार्ता सुरु, सुल्झिएला विवाद?



पहिलोपोस्ट

६५ वर्षपछि उत्तर कोरियाका नेता दक्षिणमाः ऐतिहासिक शिखर वार्ता सुरु, सुल्झिएला विवाद?
photo: Dailymail.co.uk

सोलः दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सुरु भएको छ। उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन वार्तामा बसेका छन्। वार्ताअघि दुई नेताबीच कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने सीमारेखा नजिक भेट भएको हो।

किम ६५ वर्षपछि दक्षिणमा पाइला टेक्ने पहिलो नेता हुनेछन्।

शिखर वार्ताबाट परमाणु निःशस्त्रीकरण लगायतका विषयमा सहमतिमा पुग्ने विश्वास गरिएको छ। युद्धको निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ।

यो सम्मेलन दुई देशबीचको तेस्रो सम्मेलन हो। यसअघि प्योङ्याङमा सन् २००० र २००७ मा शिखर सम्मेलन भएको थियो। पछिल्लो समय कोरियाली प्रयाद्वीपका दुई राष्ट्रबीच सम्बन्ध सुधार हुँदै गएको छ।

यसैको अर्को प्रयास उत्तर कोरिया र अमेरिकाबीचको तनाव पनि कम हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच समेत भेटवार्ताको तयारी भइरहेको छ।

गत वर्ष उत्तर कोरियाले आफ्नो छैटौँ आणविक हतियार परीक्षण गरेको थियो। त्यस्तै उसले गत वर्ष नै अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण समेत गरेको थियो।

योसँगै तनावपूर्ण अवस्थामा रहेको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको थियो।

उत्तरले कोरियाली प्रायद्वीपमा निःशस्त्रीकरणको पक्षमा वकालत गर्दै आएको थियो। त्यसलाई अक्षरमा उतार्न यो सम्मेलन सफल हुने अपेक्षा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell