PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कृष्ण गौतमको रानीवनलाई वर्ष पुस्तकको उपाधि



कृष्ण गौतमको रानीवनलाई वर्ष पुस्तकको उपाधि

काठमाडौँ : कृष्ण गौतमको आख्यान 'रानीवन' ले वर्ष पुस्तक २०१७ को उपाधि पाएको छ। 

नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघद्वारा स्थापित यो पुरस्कार अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका दिन सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा प्रदान गरिनेछ। 

२५ हजार रुपैयाँ नगद राशीको यो पुरस्कारको विजेता छनौट गर्न पुस्तक छनौट समितिको बैठक वैशाख ६ गते बेको थियो। साङ्ग्रिला पुस्तकबाट प्रकाशित पुस्तक रानीवनले कौतुकमय भाषाका कारण चर्चा कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell