PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जुत्ता नमिले खुट्टा ताछेर भए'नि मिलाउनुपर्छ : केपी ओली



पहिलोपोस्ट

जुत्ता नमिले खुट्टा ताछेर भए'नि मिलाउनुपर्छ : केपी ओली

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टी एकता हुने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समानताकै आधारमा पार्टी एकता हुने बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, 'पार्टी एकता समानताकै आधारमा हुन्छ। अपमानजनक रुपमा हुँदैन। अब पार्टी एक हुनैपर्छ। मिलाउनैपर्छ। जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्छ।'

दुई ठुला पार्टी मिल्नुअघि सेन्टिमेन्टल कुरा हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै उनले कार्यक्रम ढिला सुरु भएकोप्रति लक्षित गर्दै भने, 'पार्टी एकता हुनुअघि सेन्टिमेन्टल कुरा हुन्छन् नै। आज पनि शुरुमै अलिकति दाँतमा ढुंगा लाग्यो।'

अन्य कम्युनिष्ट पार्टीतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्टको सरकार रहेको र यो नै ठुलो क्रान्ति भएको बताए। उनले निर्वाचनको माध्यमबाट अगाडि बढ्ने भएकोले अरु बाटो नभएकोसमेत स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell